गोरखा । गोरखाको विविध बिषयमा सांसद हरिराज अधिकारीले सरकारको ध्यानाकर्षण गरेका छन् ।
जेठको अन्तिम सातादेखि जिल्लाको अधिकाशं स्थानमा आएको पानीका कारण बाढी र पहिरोले क्षती पुरयाएको सरकारको ध्यानकर्षण गराएका हुन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसद अधिकारीले सरकारको ध्यानकर्षण गराएका थिए ।
‘बुढीगण्डकीको किनार हुदै उत्तरी गोरखा जाने सबै पदमार्ग भत्किएका कारण खाद्यान्य ढुवानीमा समस्या आएको तथा सर्व साधारण मानिस आवत जावतमा समेत समस्या भएको भन्दै तत्कालै ति बाटाहरु खुलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
सांसद अधिकारीले जोखिममा रहेको बस्तीहरुलाई तत्काल बिशेष प्रभावित क्षेत्र घोषणा गर्दै पहिरो नियन्त्रण, बस्ती स्थानान्तरण तथा नदी नियन्त्रणको योजना निर्माणका लागि सरकारको ध्यानकर्षण गराएका थिए ।
उनले त्यस क्षेत्रमा अहिले खाद्यान्नको अभाव सुरु भएको भन्दै तत्कालै बैकल्पीक ब्यवस्था गर्न सरकार संग जोढदार माग गरे ।




















