गोरखा । जिल्लाको २ स्थानिय तहमा गरिएको पीसीआरमा ५४ जनामा संक्रमण पुष्टी भएको छ ।
पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकाको १०२ जनाको पीसीआर परिक्षणका क्रममा मंगलबार ५४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
आरुघाटमा ३७ जना महिला र १७ जना पुरुषको पीसीआर रिर्पोट प्राप्त हुदा १४ जना महिला र १३ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी पालुङटार नगरपालिकामा ३० जना महिला र १८ जना पुरुषको पीसीआर रिर्पोट प्राप्त हुदा १७ जना महिला र १० जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
आजै (मंगलबार) गोरखा अस्पताल, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा गरिएको एन्टिजेनमा थप २ जना महिला र ५ जना पुरुषमा पनि संक्रमण देखिएको छ ।
कार्यालयले जनाए अनुसार गोरखा अस्पतालमा १ जना महिला र २ जना पुरुष, आरुघाट गाउँपालिकामा १ जना महिला र २ जना पुरुषका साथै पालुङटार नगरपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको छ ।
आजै अन्य गाउँपालिकामा पनि एन्टिजेन परिक्षणका क्रममा संक्रमण देखिएको भएता पनि रिर्पोट प्राप्त हुन ढिलाई भएको कार्यालयका कोरोना फोकल पर्सन नारायणबावु अर्यालले बताए ।
आज जिल्लाको कुनै पनि स्थानमा पीसीआर संकलन गरिएन ।




















