गोरखा । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज गोरखामा थप २७ जनामा संक्रमण पुष्टी भएको छ ।
जिल्लाको ४ स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणका क्रममा सोमबार २७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार ३६ जना महिला र ५३ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १३ जना महिला र १४ जना पुरुषमा संक्रमण देखिएको छ ।
संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा २ जना महिला र ४ जना पुरुष, पालुङटार नगरपालिकामा ५ जना महिला र ३ जना पुरुष, आरुघाट गाउँपालिकामा १ जना महिला र २ जना पुरुषका साथै सिरानचोक गाउँपालिमा ५-५ जना महिला र पुरुषमा संक्रमण देखिएको छ ।
आज जिल्लाको कुनै पनि स्थानिय तहमा पीसीआर संकलन गरिएको छैन । आइतबार भने पालुङटार नगरपालिकामा मात्रै ३० जना महिला र १८ जना पुरुषको पीसीआर संकलन गरिएको कार्यालयले जनाएको छ ।
सोमबार सम्म जिल्लाको विभिन्न स्थानिय तहमा ४३० जना सक्रिय संक्रमित रहेका छन् ।
हिजो आइतबार भने गोरखा अस्पताल, गोरखा नगरपालिका, गण्डकी, आरुघाट र शहिद लखनमा ४९ जना महिला र ५२ जना पुरुषमा एन्टिजेन परिक्षण गर्दा ८ जना महिला र १० जना पुरुष गरी १८ जनामा संक्रमण देखिएको थियो ।




















