नयाँ
गोरखा । बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रकोलागि ६/८ क्षमताको नयाँ ट्रान्सर्फमर आइपुगेको छ ।
वितरण केन्द्रमा रहेको पुरानो ट्रान्सर्फमरमा आगलागी भएर कामै नलाग्ने भए पछी हेटौडा देखी पठाएको नयाँ ट्रान्सर्फर जडानकालागि केन्द्रमा आइपुगेको प्रमुख नेत्रमणी न्यौपानले बताए ।
आगलागी भएको उत्त ट्रान्सर्फमर जिल्लामा नै मर्मत गरेर सञ्चालनमा ल्याउन गारो हुने भए पछि बिद्युत प्राविधिकरणको केन्द्रीय कार्यालयले गोरखाकोलागि नयाँ ट्रान्सर्फमर उपलब्ध गराएको गोरखा बितरण केन्द्रले जनाएको छ ।
पुरानाे
पुरानोको स्थानमा नयाँ ट्रान्सर्फमर राख्नकोलागि क्रेन झिकाउने काम भएको र आजै देखी नयाँ ट्रान्सर्फमर जडान कार्य सुरु हुने छ । जडन कार्यमा पानीले अवरोध नपुरयाएको खण्डमा साँझ सम्म जडान कार्य पुरा गरेर भोली देखी सबै स्थानमा बिद्युत सुचारु गर्ने योजना गरेको कार्यालयले जनाएको छ ।





















