×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १२ घण्टा अघि

आज कुशे औँसी
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

“मलाई अन्याय गरियो”

  •  गोरखा समाचार
  • सोमबार, साउन ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गण्डकी प्रदेशमा मन्त्रीको शपथ खान शुक्रबार गृहजिल्ला तनहुँबाट हतारिदै पोखरा गएका डोवाटे विकको नाम अन्तिममा काटियो । उनको स्थानमा कास्कीका विन्दुकुमार थापा मन्त्री बनेर सपथ लिए ।

    मन्त्रीको सपथ लिन गएका डोवाटे बिच बाटोमै छोडिए । डोवाटेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका बुवा गोवर्धन पोखरेलले राजनितीमा ल्याए थिए ।

    २०३६ साल यता सक्रिय राजनीतिमा लागेका डोवाटे विभिन्न राजनीतिक घटनाक्रमका साँक्षी बसे । एकले अर्कालाई खुइल्याउने राजनीतिको साँक्षी बसेका डोवाटे गत शुक्रबार आफै पनि त्यसको सिकार बने ।

    राजनीतिक वृत्तमा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा डोवाटेलाई मन्त्री नबनाईएको चर्चा छ । रामचन्द्र पौडेल गुटकै भएको कारण उनी मन्त्री बन्न पाउनुभएन ।

    उनै डोवाटेसंग पत्रकार अशोक विश्वकर्माले पछिल्लो घटनाक्रमको बिषयलाई लिएर कुराकानी गर्नुभएको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश ।

    गण्डकी प्रदेश सरकारले मन्त्री परिषद् विस्तार गरेको शुक्रबारको क्षणलाई कसरी सम्झनु भएको छ ?
    यो क्षण मेरो लागी निकै दुखद रह्यो । शुक्रबार जे भयो मेरो लागि मात्र भन्दा पनि यो सिंगो दलित समुदायमाथि गरिएको उपेक्षामा रुपमा लिनुपर्दछ । एउटा न्यून वर्ग र समुदायबाट निरन्तर रुपमा पार्टीमा त्याग सर्मपण गरिदाँ अवसर पाउने बेलामा विमुख बनाउनुलाई अझै पनि मेरो समुदाय र यो समुदायबाट प्रतिनिधित्व गर्नेहरुलाई कसरी हेरिदो रहेछ भन्ने राम्रोसँग अनुभुत गरेको छु । झण्डै ४२ बर्षसम्म राजनितिक रुपमा सक्रिय भईरहदाँ यो पल निकै पिडादायी र अन्याय पुर्ण रहेको ठान्दछु ।

    आफुलाई पार्टी र सहकर्मीबाट धोका अर्थात अन्याय भयो जस्तो लागेको छ होलानी ?
    मैले भनि सके नि, म एउटा ब्यक्तिलाई लाई गरिएको छल मात्र हैन यो समुदायमाथिको अन्याय हो भनेर । मलाई त के नै हुन्थ्यो होला र ? केही दिन गाडीमा झण्डा हल्याएर हिडेको देख्नु हुन्थ्यो तर समुदाय र यो प्रदेशका विकासको पक्षमा मैले गर्न सक्ने योगदानबाट अलग्याउने काम त अन्याय नै हो नी । यो घटना समिक्षा गर्नुपर्ने विषय पनि हो जस्तो लाग्छ ।

    पुर्वनिश्चित मन्त्रीहरुकै लिस्टबाट आफ्नो नाम अन्तिम समयमा किन काटियो जस्तो लाग्छ ?
    यो विषयमा त्यति धेरै बोल्नुपर्छ जस्तो मलाई लाग्दैन । सवैलाई थाहा भैसक्यो । यस विचमा जति पनि जानकार र मिडियाले सवैकुरा बाहिर ल्याईसकेको छ । प्रमुख विषय म माथि पुर्वाग्रह राख्ने साथीहरु र पार्टी भित्र मौलाएको गुठ उपगुठको असर हुनसक्छ ।

    शुक्रबार भएको घटनालाई पार्टी भित्र नै रामचन्द्र पौडेल पक्षलाई कमजोर देखाउन खेलिएको खेल हो भन्नेहरु पनि छन् नी ? यो विषयमा तपाईको धारणा के छ ?
    पार्टीमा राचन्द्र पौडेलको जुन किसिमका छवि छ त्यसका विरुद्ध लाग्नु त पार्टीका लागि निकै घातक हुन्छ भन्ने मैले बुझेको छु । किन त्यस्तो अस्वस्थ खेल खेल्नुपर्याे यो जरुरी पनि छैन । म त पार्टीमा आफ्नो योगदानलाई सम्मान गरिएको भन्नेमा ढुक्क थिएँ । यसरी खेल खेल्नु नै थियो भने त मलाई कुनै जानकारी नै नदिएको भए हुने थियो । मेरो स्वाभावले पनि यो सव हुन दिदैन्थ्यो । म जहिले पनि शान्तिको पक्षमा रहेँ, रिजर्भ नै बसे त्यस्तो छक्कापञ्जा गर्न पनि कहिल्यै जानिएन ।

    निष्ठाको राजनिती गर्नेहरुलाई समुदाय र आर्थिक पक्षले पनि असर पर्दाे रहेछ राजनितीमा भनेर बुझ्न सकिन्छ ?
    त्यस्तो हुनुहुदैन तर यस्तो भएको छ भनेर सहजै अनुमान लगाउन सकिन्छ । निष्ठाको राजनिति गरेँ । पार्टीले योगदानको सम्मान गरेन तर एक दिन यो विषयले पार्टी पंक्तिमा स्थान पाँउछ । बलजफ्ती गर्ने र अर्थले सम्पन्न हुनेहरु पार्टीमा हावि हुने भने हाम्रो पार्टी नेपाली काँग्रेसमात्र होइन कुनै पनि पार्टीमा लगनशिल भएर लाग्ने नेता कार्यकर्ताको अभाव हुनेछ । अन्तत पार्टीको भविष्य रहदैन । अव मेरै कुरा गर्ने हो भने पनि न्यून वर्गीय समुदायबाट राजनितिमा लागेको, त्यस्तो सम्पन्न परिवारबाट पनि हैन फेरी चरित्र पनि बलमिच्याई गर्ने स्वाभाव म मा छैन र यो पक्ष राजनितिका लागि नकरात्मक हो भन्ने पनि मलाई लाग्दैन ।

    राजनितीमा बेला बखत हुने यस्ता घटनाले भविष्यमा कस्तो प्रभाव पार्छ ?
    पार्टीमा सच्चा कार्यकर्ताको अभाव हुने अवस्था यस्ता घटनाले निम्त्याउने हो । पार्टी सञ्चालनका लागि सवैखाले स्वभाव चरित्र भएका नेता कार्यकर्ता हुनुपर्दछ तर नेतृत्वमा पार्टीको साख जोगाउनका लागि उचित निर्णय गर्नसक्ने क्षमता हुनुपर्दछ । यसरी एउटा पक्षले पार्टी र राजनितीमा प्रभाव देखाउने वा पार्ने विषयले हामी जस्ता कार्यकर्ता तहमा नैरास्यता बाहेक के हुन सक्छ ।

    राजनितिमा अवसर खोसिएको एक पात्र तपाई, अबको दिनमा सरकार र पार्टीमा तपाईको भूमिका कस्तो रहन्छ ?
    पार्टी भित्र देखिएको यस किसिको क्रियाकलाको अन्तर विरोध गर्नुपर्ने आवश्यकता छ । त्यस्तो सार्वजनिक रुपमा विरोधका भाषा र कार्यक्रमहरु गर्नु एक कार्यकर्ताका लागि उचित होइन । सरकार । पार्टीले जुन तरिकाले बोलेको छ सोही कुरालाई ब्यवहारमा देखाउनु जरुरी छ । दलितको पक्षमा, महिलाको पक्षमा र यो विषम परिस्थितीलाई टार्न प्रदेश सरकार जे बोलेको छ त्यो हुनुपर्दछ । यो विषयमा म एक पार्टीका सदस्य तथा प्रदेश सभा सदस्य भएको नाताले बोलिएका कुरा र पार्टीको सिद्धान्त विपरित भएका कार्यहरुका सदनबाटै पनि विरोध हुन्छ ।

    तपाईप्रति शुभेच्छा राख्ने शुभेच्छुकहरुलाई अन्तिममा के भन्न चाहानुहुन्छ ?
    खास त्यस्तो भन्नुपर्ने केही छैन, तर शुक्रबारको घटना पछि म प्रति देखाउनुभएको चासो, चिन्ता र शुभेच्छाले मलाई उर्जा मिलेको छ । यति लामो राजनितीक यात्रामा मैले त्यस्तो खास प्रभाव नपारेको हुँला, अहिले मेरो पक्षमा जनभावना सकरात्मक रहेको पाएँ । म प्रति देखाउनुभएको चासोको लागि तपाईहरु सहित विशेष गरि मिडियालाई धन्यवाद ब्यक्त गर्न चाहान्छु । आफ्ना कुरा राख्ने अवसर दिनुभएकोमा तपाईलाई पनि धन्यवाद छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, साउन ११, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा सांसदहरुका प्रश्नको जवाफ दिदै
    प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर प्रश्नको जबाफ दिन सभामुखकाे रूलिङ
    नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.