गाेरखा । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा १ पटक मात्र खाेलिने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ ।
हरेक बर्ष महानवमीका दिन मात्र खुल्ने मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने काम भएकाे हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
आज बेलुका ६ बजेसम्म भक्तजनका लागि मन्दिर खुला नै राखिने छ ।
तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
मूलचोकमै सोमबार महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ ।
राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।


