गोरखा । गोरखा रदरमुकाममा रहेको विद्युत प्रशारण केन्द्रमा रहेको ट्रान्सर्फमरमा आगलागी भएको छ । आगलागी संगै प्रशारण केन्द्रबाट बिद्युत अबरुद्व भएको र आगामी ३ दिन सम्म बिद्युत अबरुद्व हुने प्रशारण केन्द्रले जनाएको छ ।
नेपाल बिद्युत प्राधिकरण गोरखा बितरणको गोरखा सदरमुकाममा रहेको मुख्य ट्रान्सर्फमरमा आगलागी भए संगै गोरखा नगरपालिका, शहिद लखन, भिमसेन थापा र सिरानचोक गाउँपालिमा बिद्युत अबरुद्व भएको छ ।
जिल्ला भर अहिले ४६ हजार घरमा बिद्युत विस्तार भएकोमा गोरखा सदरमुकाममा रहेको प्रशारण केन्द्रबाट बितरण भएका करिब ३० हजार घरहरुमा बिद्युत सेवा अबरुद्व भएको प्रशारण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानले बताए ।
प्रशारण केन्द्रमा रहेको ६/८ एमबिएको पावर ट्रान्सर्फमर कामै नलाग्ने गरी जले संगै अहिले केन्द्रको एक टोली ट्रान्सफर्मर लिन हेटौडा गएको र भोली सम्म ल्याएर जडान गर्न सकेको खण्डमा सोमबार साँझ सम्म बिद्युत सुचारु गर्न सक्ने प्रमुख न्यौपानले बताए ।
प्रशारण केन्द्रले खोप्लाङ, महेन्द्र ज्योती र नयाँबजार गरी ३ वटा फिडर मार्फत बिद्युत्त सेवा दिदै आएको छ ।




















