गोरखा । साता दिन यता गोरखाको स्थानिय तहमा कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको छ । नाम मात्रको निषेधाज्ञाका कारण ठुलो संख्यामा मानिसहरुको चहलपहल कै कारण अहिले धेरै जसो स्थानिय तहमा संक्रमणको दर उच्च देखिएको छ ।
शुक्रबार मात्रै पनि जिल्लाको ४ स्थानिय तहमा पीसीआर र एन्टिजेन मार्फत ६८ जनामा संक्रमण पुष्टी भयो । तर त्यस मध्ये पनि सबै भन्दा धेरै गोरखा नगरपालिकामा संक्रमित थपिएको छ । जहाँ ३० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।्
शुक्रबार पीसीआर मार्फत ४७ जना र एन्टिजेन मार्फत २१ जनामा संक्रमण देखिएको छ ।
पीसीआर मार्फत गोरखा नगरपालिकामा ४ जना महिला र १० जना पुरुष, आरुघाट गाउँपालिकामा ५ जना महिला र ८ जना पुरुष र शहिद लखन गाउँपालिकामा ९ जना महिला र ११ जना पुरुष गरी ४७ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै गरी एन्टिजेन मार्फत गोरखा नगरपालिमा ६ जना महिला र १० जना पुरुष र गोरखा अस्पतालमा १ जना महिला र ४ जना पुरुष गरी २१ जनामा संक्रमण देखिएको छ ।
आज संक्रमित हुने मध्ये २५ जना महिला र ४३ जना पुरुष रहेका छन् ।
आज प्रदेश स्वास्थ्य निर्देशनाय मार्फत ४५ जना महिला र ७२ जना पुरुषको पीसीआर नजिता प्राप्त भएको कार्यालयले जनाएको छ । आज भने पीसीआर संकलन गरिएको छैन ।
यता आज ५८ जना महिला र ५४ जना पुरुषको एन्टिजेन परिक्षण भएको थियो ।
कार्यालयका अनुसार शुक्रबार सम्म जिल्लाको विभिन्न स्थानिय तहमा ४३७ जना सक्रिय संक्रमित रहेका छन् ।




















