गोरखा । गोरखाको पालुङटारमा गए राती ५ वर्षिय बालिका बलत्कार गर्ने १८ वर्षिय युवकलाई प्रहरीेले पक्राउ गरेका छ ।
पालुङटार नगरपालिका ९ घर भएकी बालिकालाइ बिहीबार राति ११ बजे घरबाट बाहिर लगि बलत्कार गरेर गरेको आरोपमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्राय बालिकाको घरमा आई रहने ति युवकले रातीको समयमा बालिकालाई लिएर घर बाहिर गएर बलत्कार गरेको र बालिका बिरामी भए पछि शुक्रबार उपचार गर्ने क्रममा चिकित्सकले बालिका बलात्कृत भएको कुरा अभिवाकलाई भने पछि मात्र रहस्य पत्ता लागेको हो । बालिकालाई सोध्ने क्रममा पिडकको नाम भने पछि प्रहरीले तत्कालै उत्त युवकलाई नियन्त्रणमा लिएर सदरमुकाम ल्याईएको कार्यालयले जनाएको छ ।
बालिकाको गोरखा अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका चितवन पठाईएको छ ।




















