गोरखा । कोरोना महामारीको दोश्रो लहर फैलिएसंगै जारी भएको निषेधाज्ञा पुनः साउन २४ गते सम्मकोलागि लम्बाईएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखामा शुक्रबार बसेको जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले संक्रमणको दर, प्रवृत्ति र मृत्युदरको विश्लेषण गर्दै साउन २४ गते सम्मकोलागि निषेधाज्ञा जारी गरेको जनाएको छ ।
समितिले यस अघि आठौं पटक म्याद थप गरेको निषेधाज्ञा साउन ९ गते अर्थात भोली शनिबार राती १२ः०० बजे सकिदै थियो ।
आज भएको बैठकले आठौं बैठकको निर्णयलाई निरञ्तरता मात्र हो । नयाँ निर्णय भने केही गर्न सकेन । आज जारी गरेको निषेधाज्ञा साउन २४ गते राती १२ः०० बजेसम्मको लागि लागु हुने छ ।
निर्णय गर्ने तर निर्णयको कार्यान्वयन भए नभएको बिषयमा अनुगमन गर्ने काम भने आज सम्म पनि भएको छैन ।
खाजा घर, रेष्टुरेन्ट र मिठाई पसलहरुबाट टेकअवे र होमडेलिभरी मात्र दिन मिल्ने निर्णय यस पनि पटक पटक गरिएको भएता पनि त्यस्ता घरहरु सधै खचाखच भरिएर सञ्चालन हुदै आएको छ ।
यता कवर्ड हल, पार्टी प्यालेस, ब्युटी पार्लर, शैलुन तथा जिम खाना सञ्चालन नगर्ने नगराउने भनिएता पनि आज सम्म तिनिहरु निर्वाध रुपमा सञ्चालन हुदै आएको छ ।
सर्व साधारणकोलागि मात्र निषेध गरिएको कवर्ड हल, पार्टी प्यालेस, ब्युटी पार्लर, शैलुन तथा जिम खानामा भने सरकारी र पहुचवालाहरु भने दैनिक जसो जाने र सेवा लिने गरेको सहजै देख्न सकिन्छ ।






















