गोरखा । गोरखामा बिहीबार थप ६४ जनामा संक्रमण पुष्टी भएको छ । जिल्लाको ७ स्थानिय तहमा आज थप ६४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको छ ।
आज पनि जिल्लामाको विभिन्न स्थानिय तहमा परिक्षणको दायरा बढाए संगै पीसीआर मार्फत ३१ जना र एन्टिजेन मार्फत ३३ जनामा संक्रमण देखिएको छ ।
पीसीआर मार्फत गोरखा अस्पतालमा १ जना पुरुष, पालुङटार नगरपालिकामा १० जना महिला र १३ जना पुरुष र गण्डकी गाउँपालिकामा २ जना महिला र ५ जना पुरुष गरी ३१ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
त्यस्तै गरी एन्टिजेन मार्फत गोरखा अस्पतालमा ३-३ जना महिला र पुरुष, आरुघाट गाउँपालिकामा र शहिख लखन गाउँपालिकामा ४-४ जना महिलामा संक्रमण देखिएको छ ।
उता भिमसेन थापा गाउँपालिकामा ११ जना महिला र ३ जना पुरुष र सिरानचोक गाउँपालिकामा १ जना महिला र ४ जना पुरुषमा पनि संक्रमण देखिएको छ ।
जिल्लाको विभिन्न स्थानिय तहमा बिहीबार ४७ जना महिला र २८ जना पुरुष गरी ७५ जनाको एन्टिजेन गरीएको थियो भने आजै प्रदेश स्वास्थ्य निर्देशनालयबाट १९ जना महिला र २७ जना पुरुषको पीसीआर परिक्षणको रिर्पोट प्राप्त भएको थियो ।
कार्यालयले आज विभिन्न स्थानमा गरी १५ जना महिला र ३१ जना पुरुषको पीसीआर संकलन गरेको जनाएको छ ।
बिहीबार सम्म जिल्लाको विभिन्न स्थानिय तहमा ३८५ जना सक्रिय संक्रमित रहेका छन् ।




















