गोरखा । गोरखामा गएको आर्थिक बर्षमा १७ वटा सवारी दुर्घटना हुदा ११ जनाको ज्यान गएको छ । जिल्लाको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी आब २०७७÷०७८ मा ११ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
कार्यालयका अनुसार सोही दुर्घटनामा परी १६ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए ।
१ बर्षमा भएका सवारी दुर्घटनामा परि ९ जना पुरुष, १ महिला र १ बालकको मृत्यु भएको कार्यालयले जानकारी दिएको छ ।
गत आर्थिक बर्षमा जिल्लामा बस ५ वटा, ट्याक्टर ५ बटा दुर्घटनामा परेको थियो । त्यस बाहेक १ टिप्पर, ४ वटा जीप, ४ वटा मोटरसाईकल समेत दुर्घटनामा परेको कार्यालय प्रमुख ढकालले जानकारी दिए ।
सबै दुर्घटनामा परि ५७ जना घाइते भएको कार्यालयको रकर्डमा उल्लेख गरीएको छ । दुर्घटना ४१ जना सामान्य घाइते भएको समेत कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको रकर्ड अनुसार अघिल्लो आर्थिक बर्षमा जिल्लामा १६ दुर्घटना हुदा ७ जनाको ज्यान गएको थियो । त्यस्तै २४ जना गम्भीर घाइते भएका थिए भने २३ जना सामान्य घाइते भएका थिए ।
जिल्लाको ३ आर्थिक बर्षमाको गतिविधी हेर्ने हो भने जिल्ला भरी ६१ वटा सवारी दुर्घटना भएका देखिन्छ । जसमा ट्रक ६ वटा, टिप्पर ७ वटा, बस १० वटा, जीप तथा कार ११ वटा, ट्याक्टर १६ वटा र मोटरसाईकल १९ वटा दुर्घटनमा परेको कार्यालयले जनाएको छ ।




















