गोरखा । गोरखाको पालुङटारमा आज एक बालिकाको ज्यान गएको छ । खेतमा पानी लगाउन बनाएको पोखरीमा डुवेर ति बालिकाको ज्यान गएको हो ।
पालुङटार नगरपालिका ८ मुलाबारी बस्ने १३ बर्षिया ऋचा नेपालीको मंगलबार दिउसो १ः०० बजे सोही स्थानमा पर्ने आफ्नो खेत रोपाई गरी घर तर्फ फर्कने क्रममा स्थानिय रनबहादृुर गुरुङले खेतमा पानी हाल्नकालागि बनाएको पोखरीमा हात खुट्टा धुने क्रममा चिप्लीएर पोखरीमा डुवेको र तत्कालै स्थानियको सहयोगमा उद्वार गरी धुवाकोट स्वास्थ्य चौकीमा उपचार गराउदा गराउदै दिउसो २ः३० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
पोखरीमा डुवेकी बालिका अचेत अवस्थामा स्थानियले स्वास्थ्य चौकी पुरयाएका थिए । घटनाको बिषयमा जानकारी पाएको ईलका प्रहरी कार्यालय ठाँटीपोखरीले मृत्तकको शव पोष्टमार्टमकालागि गोरखा अस्पताल पठाएको र थप अनुसन्धान भई रहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले आजै जिल्ला भित्र बर्षातको मौषमा बालबालिकाहरु विभिन्न भवितब्यमा परी ज्यान जान सक्ने खतरा भएको भन्दै अभिभावकहरुलाई आफ्ना बालबालिकाको रेखदेख तथा निगरानी र संरक्षण गर्न अनुरोध गरेको छ ।


