गोरखा । गोरखाको खोप्लाङबाट आइतबार दिउसो देखी हराएकी एक महिलाको मृत्त शरिर फेला परेको छ ।
पालुङटार नगरपालिका २ खोप्लाङको तिलहार भन्ने स्थानमा बस्ने ४८ बर्षिया सुकमाया मग्राती (नेपाली)को मंगलबार दिउसो गोरखा नगरपालिका १२ को क्षेत्रमा पर्ने दरौदी नदी किनारमा मृत्त शरिर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको छ ।
सुकमायाँ आईतबार दिउसो ३ः०० बजे घरबाट एक्कासी निष्कीए देखी परिवारको सम्र्पकमा नआउको उनका पति कमल नेपालीले बताए ।
स्थानियले र परिवारले खोज्ने क्रममा मंगलबार दिउसो २ः४५ बजेको समयमा गोरखा नगरपालिका १२ को हात्तीसार फाँट नजिकै दरौदी नदी किनारमा सुकमायाँको मृत्त शरिर फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको र मृत्त महिलाको शव पोष्र्टमार्टका लागि गोरखा अस्पतालमा ल्याईको छ ।




















