गोरखा । गोरखाको ३ स्थानिय तहमा आज गरिएको एन्टिजेन परिक्षणका क्रममा १२ जनामा संक्रमण पुष्टी भएको छ ।
गोरखा अस्पताल, आरुघाट र गण्डकी गाउँपालिकामा ३१ जनामा गरिएको परिक्षणका क्रममा मंगलबार थप १२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
गोरखा अस्पतालमा ६ जना महिला र ७ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा २ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको हो भने आरुघाट गाउँपालिकामा ७ जना महिला र ९ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा ४ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
उता शहिद लखन गाउँपालिकामा २ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको भएता पनि संक्रमीत देखिएनन् ।
आज ३ वटा स्थानिय तहमा १३ जना महिला र १८ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो ।
कार्यालयले आज गण्डकी गाउँपालिकामा ५ जना महिला र ८ जना पुरुषको पीसीआर संकलन गरेको छ भने पालुङटार नगरपालिकामा १ जना महिला र ४ जना पुरुषको पीसीआर संकलन गरिएको जनाएको छ ।
जिल्लाको विभिन्न स्थानिय तहमा मंगलबार सम्म ३३९ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।




















