गोरखा । गोरखाको थानिस्वाँरामा जंगलमा भेटाएर घरमा पालिएको मृग सव बन कार्यालय पालुङटारलाई बुझाइएको छ ।
सिरानचोक गाउँपालिका ३ की सकुन्तला ढकालले जंगलमा भेट्टाएको पोथी मृग आज बन कार्यालयलाई बुझाएकी हुन् ।
ढकाल गोठालो जाने क्रममा असारमा १५ गते जंगममा मृगको बच्चा भेटाए पछि घरमा ल्याएर स्यारसुसार गर्दै आएकी थिइन । रतुवा जातको उत्त मृग करिब डेढ बर्षको रहेको डिभिजन बन कार्यालय पालुङटारका प्रमुख अर्जुनबहादुर अक्षामीले जानकारी दिए ।
‘घरमा पालेर राख्न नपाइने भन्ने जानकारी पाएपछि उनी आफैले प्रहरीलाई खबर गरेको र इलाका प्रहरी कार्यालय हर्मी र सव डिभिजन बन कार्यालयको टोली घरमै गएर मृगको उद्धार गरि ल्याएको कार्यालयले जनाएको छ ।
उद्धार गरिएको मृगलाई उचित बासस्थान रोजेर जंगलमा नै छाडिने कार्यालयले जनाएको छ ।


