गोरखा । गोरखाको ४ स्थानिय तहमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको आरुघाट, भिमसेन थापा, शहिद लखन र अजिरकोटमा गरी ३७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये पीसीआर परिक्षणबाट ११ महिला र ६ जना पुरुष गरी १७ जना र एन्टिजेन मार्फत परिक्षण गर्दा ९ जना महिला र ११ जना पुरुष गरी २० जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार पीसीआर तर्फ शहिद लखन गाउँपालिका ११ जना महिला र ६ जना पुरुषमा संक्रमण देखिएको छ ।
आज २९ जना महिला र २१ जना पुरुषको पीसीआर परिक्षण नतिजा प्राप्त भएका मध्ये १७ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै गरी आजै एन्टिजेन परिक्षणका क्रममा आरुघाट गाउँपालिकामा ३-३ जना महिला र पुरुष, भिमसेन थापा गाउँपालिमा ६-६ जना महिला र पुरुषका साथै अजिरकोट गाउँपालिकामा २ जना पुरुषमा संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार आज २२ जना महिला र ३० जना महिलामा एन्टिजेन परिक्षण गरिएको थियो । आज कुनै पनि पीसीआर संकलन गरिएको छैन ।
जिल्लाको भित्र सोमबार सम्म ३४५ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।




















