गोरखा । आइतबार गोरखाको ४ स्थानिय तहमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गोरखा अस्पताल, गोरखा र पालुङटार नगरपालिका र आरुघाट र भिमसेन थापा गाउँपालिकामा गरी ४१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
संक्रमण देखिएका मध्ये ९ जना पीसीआर परिक्षणबाट र ३२ जना एन्टिजेन परिक्षण गर्दा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
पीसीआर परिक्षणका क्रममा गोरखा नगरपालिकामा ५ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी एन्टिजेन परिक्षणका क्रममा गोरखा अस्पतालमा ३ जना महिला र ६ जना पुरुष, पालुङटार नगरपालिकामा १ जना महिला, आरुघाट गाउँपालिकामा ४ जना महिला र ५ जना पुरुष र भिमसेन थापा गाउँपालिकामा ७ जना महिला र ६ जना पुरुषमा संक्रमण देखिएको छ ।
जिल्लाको विभिन्न स्थानिय तहमा आइतबार सम्म ३०८ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।




















