गोरखा । गोरखामा जोन्सन एण्ड जोन्सको खोप आइपुगेको छ । एक डोज मात्र लगाए पुग्ने उत्त खोप १० हजार मानिसको लागि पुग्ने गरी आएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
प्राप्त खोप भोली देखी नै गोरखा नगरपालिकामा रहेको १४ वटै वडा स्तरीय स्वास्थ्य केन्द्रबाट लगाउन सुरु गरिने कार्यालयले जनाएको छ ।
सरकारले जोन्सन खोप ५० बर्ष माथिका नागरिक तथा अपांगता भएका क र ख परिचय पत्र भएका व्यक्तिहरुलाई लगाइने कार्यालयले जनाएको छ ।
त्यस्तै यस अघि प्राथामिकतामा परेर पनि छुट भएका नागरिकहरुलाई समेत जोन्सन खोप लगाइने कार्यालयले जनाएको छ ।




















