गोरखा । गोरखाको आरुघाट क्षेत्रको बुढी गण्डकी नदी किनारमा मोवाईल र चप्पल छोडेर एक पुरुष बेपत्ता भएका छन् ।
शनिबार दिउँसोेदेखि परिवारको सम्पर्कमा नआएका गाउँपालिका ३ को सोतीबजारका भूवहादुर थापाले नदीको किनारामा मोवाईल र चप्पल फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
बेपत्ता गुरुङले शनिबार दिउँसो करिब ४ः०० बजेको समयमा घर श्रीमतीलाई फोनमा कुराकानी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले बताए । त्यसपछि अबरेसम्म पनि घर नफर्किएपछि परिवार र छिमेकीले खोजी गर्दा बूढी गण्डकी नदीको किनारामा मोवाइल र चप्पल भेटिएको खनालले बताए ।
घर नजिक रहेको बूढी गण्डकी नदीको किनारमा भेटिएको मोवाईल र चप्पल गुरुङकै भएको परिवारले पुष्टी गरेको प्रहरी कार्यालयले जनाएको छ ।
नदी किनारमा भेटिएका सामाग्री आफ्नो श्रीमानको भएको भन्दै बेपत्ता गुरुङकी श्रीमतीले श्रीमानको खोजीका लागि प्रहरीमा निवदेन दिएपछि मात्र घटनाको बारे प्रहरी जानकारी पाएको हो ।
सम्र्पक बिहिन भएका गुरुङको प्रहरीले खोजी कार्य तिव्र पारिएको छ ।




















