गोरखा । जिल्ला निर्वाचन कार्यालय गोरखाले आजदेखि मतदाता नामावली संकलन तथा अध्याबधिक कार्य सुरु गरेको छ ।
कार्यालयले दोस्रो पटक प्रतिनिधि सभा बिघटन गरि राष्ट्रपतिले निर्वाचनको घोषणा गरेपछि स्थगित भएका नामावली संकलन निर्वाचन नहुनेपछि फेरि सुरु गरेको जनाएको छ ।
कार्यालयले मतदाता नामावली संकलन तथा अद्याबधिक गर्नका लागि नेपाली नागरिकताको संक्कल प्रति र प्रतिलिपि सहित कार्यालयमा स्वंयम उपस्थित हुनुपर्ने आइतबार जारी गरेको सूचनामा उल्लेख छ ।
त्यस्तै कार्यालयले मतदाता नामावलीमा रहेको नाम, ठेगाना, मतदाता स्थल, जन्ममिति, नागरिकता नम्बर, बाबु आमाको नामथर लगायतका बिबरण समेत सच्याउन सकिने जनाएको छ ।
त्यसकालागि सम्बन्धित व्यक्तिले नेपाली नागरिकताको प्रतिलिपी तथा बिबाहित पति पत्नीले नामथर थप्नु पर्ने भए बिबाह दर्ताको प्रमाण पत्रको प्रतिलिपी सहित निवेदन दिनुपर्ने कार्यालय जारी गरेको सूचनामा भनिएको छ ।
कार्यालयले कुनै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको, बसाई सरि गएको भए मतदाता नामावलीबाट नाम हटाउन समेत निवदेन दिन सक्ने जनाएको छ ।




















