गोरखा । गोरखाको उत्तरी क्षेत्रमा दिदी लिन गएका एक भाईको खोलाले बगाएर बेपत्ता बनाएको छ ।
चुमनुब्री गाउँपालिका ३ घट्टेखोलाका ३० वर्षीय विजय गुरुङलाई खोला माथीको काठे पुलबाट खसेर बेपत्ता भएको जिल्ला प्रहरीले कार्यालय गोरखाले पुष्टी गरेको हो ।
घट्टेखोलामा रहेको पुलबाट रातीको ११ बजे खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । दिदीलाई माईती घर तर्फ आउने क्रममा रातीको समयमा उत्त घटना भएको थियो ।
प्रहरीको एक टोलीले बेपत्ता गुरुङको खोजी गरीरहेको प्रहरीले जनाएको छ ।




















