गोरखा । गोरखाको २ वटा स्थानिय तहमा आज थप ३० जनामा संक्रमण देखिएको छ । जिल्लाको गण्डकी र शहिद लखन गाउँपालिमा शनिबार थप ३० जनामा संक्रमण देखिएको हो ।
दुवै पालिकामा एन्टिजेन मार्फत गरीएको परिक्षणका क्रममा १९ जना महिला र ११ जना पुरुष गरी ३० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
प्राप्त विवरण अनुसार गण्डकी गाउँपालिकामा २५ जना महिला र १० जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १० जना महिला र ५ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी शहिद लखन गाउँपालिकामा १० जना महिला र ८ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणमा ९ जना महिला र ६ जना पुरुषमा संक्रमण देखिएको हो ।
आज दुवै पालिकामा गरी ३१ जना महिला र २४ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
आजै जिल्लाको विभिन्न स्थानिय तहमा ३५ जना महिला र १८ जना पुरुषको पनि पीसीआर संकलन गरिएको छ ।
जिल्लाको विभिन्न स्थानिय तहमा गरी शनिबार साँझ सम्म २९४ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।




















