गोरखा । गोरखाको बारपाकमा रहेको आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रले सुलिकोट गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
केन्द्रले गाउँपालिकालाई कोरोना संक्रमणका बिरुद्ध जुध्न सहयोग पुर्याउने उद्देस्यले स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
केन्द्रले गाउँपालिकालाई पिपिइ सेट २० थान, फेस माक्स २५० थान, एन्टिजेन किट २५ थान उपलब्ध गराएको पालिकाले जनाएको छ ।
त्यस्तै अक्सिमिटर २० थान, साबुन १५० थान, थर्मल गन ३ थान, सेनिटरी प्याड लगायत खाद्य सामग्र समेत उपलब्ध गराएको गाउँपालिका जानकारी दिएको छ ।
निषेधाज्ञामा बेला खाद्यान्य समस्यामा परेकाहरुलाई उपलब्ध गराउने गरि केन्द्रले खाद्यान्य उपलब्घ गराएको हो ।




















