गोरखा । गोरखाको बुङकोटमा रहेको छापथोकमा आज पनि १५ जनामा कोरोना संक्रमण देखिएको छ ।
शहिद लखन गाउँपालिका ८ को छापथोकमा शनिबार १८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।
गएको बिहीबार पनि सोही गाउँमा २५ जनामा एन्टिजेन परिक्षण गर्दा २३ जनामा संक्रमण देखिएको थियो । आज परिक्षण गराएको र नजिता आएकाहरुको प्रतिशत हेर्दा ८३.३३ हुन आउछ ।
करिब १८० घर रहेको उत्त गाउँमा धेरैमा कोरोना संक्रमणको लक्ष्यण संग मिल्दो जूल्दो बिरामी रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गाउँमा संक्रमण उच्च देखिएपछि त्यस क्षेत्रमा थप सर्तकता अपनाइएको स्वास्थ्य शाखाका प्रमुख श्रेष्ठले जानकारी दिए ।
आज संक्रमण देखिएका मध्ये ९ जना महिला र ६ जना पुरुषमा संक्रमण देखिएको छ ।


