गोरखा । गोरखादेखि लामो दुरीमा छुट्ने सार्वजनिक सवारी साधनको भाडादर बढेको छ ।
यातायात व्यवस्था बिभागले सार्वजनिक गरेको सूचना अनुसार अब गोरखादेखि काठमाण्डौसम्मको सार्वजनिक यातायातको भाडा ३८५ पुगेको छ । यसअघि साविकको भाडादर रु ३०७ रुपैया थियो ।
त्यस्तै गोरखादेखि जनकपुरसम्मको भाडादर रु ५७८ बाट बढेर ७२५ रुपैया पुगेको छ भने बीरगञ्जदेखि गोरखासम्मको भाडा १०१ रुपैयाले बढेको छ ।
गोरखा बीरगञ्जको यस अघिको भाडा ४०३ रुपैया रहेकोमा बृद्धि पछि अहिले ५०५ रुपैया कायम गरिएको छ ।




















