गोरखा – मौषम सफा भए संगै उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाकोलागि हेली मार्फत खोप लगिएको छ ।
उत्तरी क्षेत्रमा बसोबास गर्नेहरुकालागि भन्दै साउन १ गते खोप लाने प्रयास गरिएको भएता पनि प्रतिकुल मौषमका कारण हेली उडन नसके पछि आज (शनिबार) उत्त क्षेत्रमा खोप लगिएको हो ।
चीनमा उत्पादन भएको भेरोसेलको ३ हजार डोज खोप माउन्टेन चाईल्ड नामक अन्तराष्ट्रि गैर सरकारी संस्थाले हेली चार्टर गरिदिए पछि लगिएको स्वास्थ्य कार्यालय गोरखाका कोलचेन अधिकृत ऋषिराम खत्रीले बताए ।
चीन संग सिमाना जोडीएको उत्त क्षेत्रमा ०७७ साल माघ २३, २४ र २५ गते हेली मार्फत खोप लगेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु र फागुन २३ गते पछि ५५ बर्ष माथिका उमेर समूहका, जनप्रतिनिधी र छुट भएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरु खोप दिई सकेको छ । पहिलो चरणमा ९९५ जनाले खोप लगाएको कार्यालयले जनाएको छ ।
शुक्रबार त्यहाँ लाने १८ बर्ष देखी माथिका उमेर समूहका सबैलाई खोप दिईने भएको छ । उत्त क्षेत्रमा बसोबास गर्ने ३ हजार ७०८ जना भएता पनि केहीले पहिला नै खोप लगाई सकेको र केही मानिस राजधानीमा बसोबास गर्दै आएका कारण ३ हजार डोज खोप मात्र लान लागिएको अधिकृत खत्रीले जानकारी दिए ।
खोप बढी भएमा बिग्रने तर कम भएमा पुनः थप्न मिल्ने भएका कारण पनि संख्याको आधारमा कम खोप लान लागिएको हो । ‘खोप पुगेन भने हामी पुनः लैजान्छौ र खोप दिन्छौ’ अधिकृत खत्रीले भने ।
७ वटा वडा रहेको उत्त क्षेत्रमा सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँमा रहेको स्वास्थ्य केन्द्रमा सम्र्पक राखी खोप सेवा लिन सक्ने कार्यालयले जनाएको छ ।




















