पोखरा – गोरखाका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । पोखरा महानगरपालिका १८ मेथलाङ डाडोस्थित भिरबाट लडेर गोरखा घर भएका २७ बर्षका संजोग थापाको मृत्यु भएको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाए अनुसार गएराती करिब २ः०० बजेको समयमा थापा भीरबाट ५० मिटर तल खसेको थियो । लगेर गम्भीर घाइते भएका थापाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
पोखरा महानगरपालिका ७ स्थित मासबारमा बस्दै आएका उनको मृत्यु पछि थापाका केही साथीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।




















