गोरखा – मौसम आएको खराबीका कारण आज उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा कोरोना बिरुद्धको खोप पुरयाउन सकिएन ।
मौषम प्रतिकुल भए पछि हेलीकप्टर उडानमा समस्या भए पछि चुमनुव्री गाउँपालिकामा खोप लान समस्या भएको हो ।
उत्त क्षेत्रमा आजै देखी १८ बर्षदेखि माथिका सवै नागरिकलाई खोप लगाउने कार्यक्रम तय भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
बिहान ७ः३० बजे गोरखा सदरमुकामबाट सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँमा रहेको स्वास्थ्य केन्द्रमा खोप लैजानु पर्नेमा गोरखा बजार तथा उत्तरी गोरखामा अचानक मौषममा आएको परिवर्तनका कारण हेली उडानमा समस्या आए पछि खोप लान नसकिएको कार्यालयले जनाएको छ ।
आज हेली मार्फत २ पटकमा ३ हजार डोज खोप लाने तयारी भएको थियो । मौषम सफा भएको खण्डमा भोली खोप लैजाने कार्यालयले जनाएको छ ।




















