गोरखा – गोरखा दरमुकाममा सवारी नियम उल्लघंन गर्ने ७ वटा सवारीलाई ट्राफिक प्रहरीले पहिलो पटक ‘ह्विल लक’ कारवाही सुरु गरेको छ ।
गोरखा नगरपालिका ६ को विभिन्न स्थानमा सवारी नियम उल्लघनका २ कार र ५ मोटरसाइकललाई ट्राफिक प्रहरीले ‘ह्विल लक’ कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
कारवाहीमा परेको ७ वटै सवारीलाई शुक्रबार नै जरिवाना गरेर छाडीएको छ । कारवाहीमा पर्नेहरुमा कार तर्फ ग. ३ च २०९ र ग. १ ज ७००० नम्बरको भाडावाला र निजी सवारी साधन रहेका छन् ।
त्यस्तै गरी मोटरसाइकल तर्फ बा. ८३ प ५७४९, ग. १४ प २२२५, ना. ३७ प १७३, ग. १० प ९३४० र प्रदेश नं.३–०२–०११ प ६४३९ नम्बरको रहेको पनि कार्यालयले जनाएको छ ।
कारवाही मा परेको ७ वटा सवारी साधानबाट ट्राफिक प्रहरी कार्यालय गोरखाले ४ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।




















