गोरखा – जिल्लाको ४ वटा स्थानिय तहमा आज ८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बिहीबार गोरखा अस्पताल, गण्डकी, शहिदलखन, आरुघाट र अजिरकोट गाउँपालिकामा ८० जनामा संक्रमण देखिएको हो ।
संक्रमण देखिएका मध्ये पीसीआर परिक्षणका क्रममा २९ जना र एन्टिजेन परिक्षणका क्रममा ५१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको छ ।
कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार आरुघाट गाउँपालिकाको मात्र पीसीआर रिर्पोट प्राप्त भएको छ । जहाँ १५ जना महिला र १४ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी एन्टिजेन परिक्षण गरिएको गोरखा अस्पतालमा १-१ जना महिला पुरुष, गण्डकी गाउँपालिकामा ८ जना महिला र ३ जना पुरुष, शहिद लखन गाउँपालिकामा १२ जना महिला र ११ जना पुरुष र अजिरकोट गाउँपालिकामा ४ जना महिला र ११ पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
आज २५ जना महिला र २८ जना महिलाको पीसीआर रिर्पोट प्राप्त भएको र आज कुनै पनि पीसीआर संकलन नगरिएको कार्यालय जनाएको छ । साथै आजै ५२ जना महिला र ५१ जना पुरुषको एन्टिजेन परिक्षण गरिएको छ ।
जिल्लामा बिहीबार विभिन्न स्थानिय तहमा २९४ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।




















