गोरखा – गोरखामा पछिल्लो समय नाबालिबा बलात्कारको घटनामा बृद्वि भएको छ । इन्सेक गोरखाले सन २०२२ को बर्ष पुस्तकमा समावेश गर्ने गरी जिल्ला भित्र घटेका मानवधिकारका घटनाको समिक्षात्मक कार्यक्रममा प्रस्तुत प्रतिवेदनले पछिल्लो ६ महिनामा १३ जना नाबालिका बालत्कृत भएको सार्वजनिक गरेको हो ।
मानव अधिकार उल्लंघन र तथा ज्यादतीका घटनाहरु मध्ये बालिका माथि बलात्कारका घटना बढी भएको प्रतिवेदनमा उल्लेख छ । घटनाहरुको अर्धबार्षिक समिक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी हरीराम उप्रेतीले प्रस्तुत गरेको प्रतिवेदनमा ६ महिना २० वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु भएकोमा १९ वटा घटना बलात्कार तथा बलात्कार प्रयासका घटना भएको उल्लेख छ ।
बालत्कारमा पर्नेहरु मध्ये पनि अधिकाशं १६ बर्ष मुनिका बालिकाहरु परेका छन् । इन्सेक गोरखाका अनुसार १४ बर्षकी ५ जना, १६ बर्षकी १ जना, १५ बर्षकी ३ जना, १३ बर्षकी २ जना, ७ बर्षकी १ जना, १२ बर्षकी १ जना र ४ बर्षकी १ जना बालिका माथि बलात्कार, बलात्कार प्रयास तथा यौनदुब्यहारको घटना भएको छ ।
त्यस्तै गरी जिल्लामा २० बर्ष माथिका ५ वटा बलात्कार तथा बलात्कार प्रयासका घटना भएको छ । २२ बषर्की २ जना युवती, २६ बर्षकी एक महिला तथा ५७ र ५३ बर्षकी दुई जना महिला माथि पनि बलात्कारको तथा बलात्कार प्रयासका घटना भएको इन्सेक गोरखाले जनाएको छ ।
पछिल्लो ६ महिनामा जातिय बिभेदको १ घटना भएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका ७, बोर्लाङमा पशुमा खोप लगाउन गएकी भेटरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र गोरखाकी कर्मचारी प्रिती गैरे र बिशाल सिर्मल माथि जातिय बिभेदको घटना इन्सेकले प्रतिवेदनमा समावेश गरेको छ ।
समिक्षा कार्यक्रममा नेपाल बारएसोसियन गोरखाका अध्यक्ष यादव शर्मा, नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडी, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रम मानव अधिकार तथा शान्ति समाज गोरखाका अध्यक्ष यदु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।


