गोरखा – शहिद लखन गाउँपालिकाको बुंकोट छापथोकमा आज गरिएको एन्टिजने परिक्षणका क्रममा एउटै गाउँमा २३ जनामा संक्रमण देखिएको छ ।
शहिद लखन गाउँपालीका ८ को बुङकोट हटियाँ छापथोकमा बिहीबार २५ जना एन्टिजेन्ट परिक्षणमा २३ जनाको संक्रमण पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाले पुष्टी गरेको हो ।
स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठका अनुसार कोरोना संक्रमण संग मिल्दो जुल्दो लक्ष्यण देखिएको उत्त गाउँमा प्रत्येक घर जसोमा बिरामी रहेको भन्ने सूचनाको आधारमा बिहीबार एन्टिजेन परिक्षण गराईएको हो । १६० घर घुरी संख्या रहेको उत्त स्थानमा भोली शुक्रबार रिर्पोट संकलन गरेर शनिबार पुनः परिक्षणका दायरा बढाइने श्रेष्ठले बताए ।




















