गोरखा – आरुघाट गाउँपालिकाले ५८ करोड भन्दा बढीको बजेट पारीत गरेको छ । बुधबार भएको नवौँ गाउँ सभामा गाउँपालिले आर्थिक वर्ष २०७८/०७९ कोलागि ५८ करोड ५९ लाख १८ हजारको बजेट पास गरेको हो ।
बजेटले शिक्षा, स्वास्थ्य तथा पूर्वाधार र अन्य क्षेत्रलाई समेटेको पालिकाले जनाएको छ ।
सोही सभामा अध्यक्ष पूर्णबहादुर दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानियलाई रोजगारी सिर्जना गर्ने, पूर्वाधार बिकास र कृषि तथा पशुपालनमा आर्षण कार्यक्रम प्रस्तुत गरेका थिए ।
पालिका अध्यक्ष दाहाललाई कोरोना संक्रमण भएपछि असार १० गते गर्ने भनिएको गाउँ सभा हिजो गरिएको हो ।


