गोरखा – गोरखाको विभिन्न स्थानिय तहमा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा र पालुङटार नगरपालिका, गोरखा अस्पताल, आरुघाट, शहिद लखन र अजिरकोट गाउँपालिकामा गरी बुधबार ३२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
आज संक्रमण देखिनेमा पीसीआर परिक्षणबाट २३ जना र एन्टिजेन परिक्षणका क्रममा ९ जनामा संक्रमण देखिएको छ ।
एन्टिजेन मार्फत परिक्षण गरिएको ४ स्थानिय तह मध्ये पालुङटार नगरपालिकामा ३ जना पुरुष, आरुघाट गाउँपालिकामा ३ जना महिला, शहिद लखन गाउँपालिकामा १ जना महिला र अजिरकोटमा २ जना महिलामा संक्रमण देखिएको छ ।
त्यस्तै गरी पीसीआर परिक्षणको नजिता प्राप्त भएको गोरखा नगरपालिकामा १ जना महिला र ६ जना पुरुष, गोरखा अस्पतालमा २ जना महिला र पालुङटार नगरपालिकामा ३ जना महिला र २ जना पुरुषहरुमा संक्रमण देखिएको हो ।
उता सहिद लखन गाउँपालिकामा १ जना पुरुष र अजिरकोट गाउँपालिकामा १ जना महिला र ७ जना पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार बुधबार सम्ममा जिल्लाको विभिन्न स्थानिय तहमा २१९ जना सक्रिय संक्रमित रहेका छन् ।
बुधबार कुनै पनि पीसीआर संकलन गरिएको छैन । प्रदेश स्वास्थ्य निर्देशनालयबाट आज २१ जना महिला र ३८ जना पुरुषको पीसीआर परिक्षणका नतिजा प्राप्त भएको र आजै विभिन्न स्थानिय तहमा ५ जना महिला र १७ जना पुरुषको एन्टिजेन गरिएको कार्यालयले जनाएको छ ।




















