गोरखा । मालपोत कार्यालय गोरखाले भोलि राजस्व रकम नबुझ्ने भएको छ ।
चालु आर्थिक २०७७÷०७८ को अन्तिमदिन भएकोले अन्तिमदिन हिसाव मिलान गर्नुपर्ने भन्दै राजस्व नबुझ्ने कार्यालयले जनाएको छ ।
कायालयले बुधबार एक सूचना जारी गरि गर्दै कार्यालय असार ३१ गते बिहिबार राजस्व सम्बन्धी कुनैपनि कारोवार नगर्ने जनाएको हो । साथै कार्यालयको सेवा प्रवाह भने पालिका अनुसार मात्र हुने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।




















