गोरखा । गोरखामा एमाले समर्थित जन बर्गिए संगठनले प्रधानन्याधिश चोलेन्द्र शम्सेर जबराको पुत्ला दहन गरेका छन् ।
सर्बोच्च अदालतले संसद पुनःस्थापना गरेको बिरोधमा एमालेका अनेरास्ववियु र युवा संघले संयुत्त रुपमा गोरखा सदरमुकामा पुत्ला दहन गरेका हुन् ।
सदरमुकामको बिसौनी मोड देखी सुरु भएको राके जुलुशले लोकतान्त्रिक चोकमा आएर प्रधानन्याधिश शम्सेरको पुत्ला दहन गरेको थियो ।
उनहरुले आर्यघाटले के भन्छ चोलेन्द्रलाई ले भन्छ, नेकपा एमाले जिन्दाबाद, राष्ट्रिय युवा संघ जिन्दाबाद, अनेरास्वयु जिन्दाबाद, संवैधानिक सर्बोच्चता कायम गरौ, राष्ट्रिय गठबन्धन चाहिदैन, कानूनी शासन लागु गरौ, विदेशी दलाल होशियार जस्ता नारा लगाएका थिए ।
पुत्ला दहन पछी भएको कोण सभालाई नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं युवा संघ स्थायी कमिटी सदस्य खिलबहादुर रानाले प्रधानमन्त्री नियुत्ती गर्ने काम अदालतले होइन भन्दै गलत कामको भण्डाफोर गर्न कार्यक्रम आयोजना गरेको बताए ।





















