गोरखा । गोरखाको ३ स्थानिय तह र गोरखा अस्पतालमा गरी आज थप १९ जनामा संक्रमण पुष्टी भएको छ ।
गोरखा अस्पताल, धार्चे, अजिरकोट र आरुघाटमा गरी मंगलबार थप १९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका सबै जना एन्टिजेन परिक्षणका क्रममा देखिएका हुन । कार्यालयका अनुसार आज ३५ जना महिला र ३३ जना पुरुष गरी ६८ जनामा एन्टिजेन परिक्षण गरिएको थियो ।
आज संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा ३ जना महिला र २ जना पुरुष, धार्चे गाउँपालिकामा २ जना महिलाका साथै अजिरकोटमा १ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
त्यस्तै गरी आरुघाट गाउँपालिकामा ७ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको छ ।
कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार मंगलबार सम्म जिल्लाको विभिन्न स्थायिन तहमा २४७ जना सक्रिय संक्रमित रहेका छन् ।




















