गोरखा । गोरखाको शहिद लखन गाउँपालिकामा खेतमा काम गर्न गएका १ जना किसान लड्दा ज्यान गएको छ ।
शहिद लखन गाउँपालिका ६ को दार्चेका ७७ बर्षिय खिलप्रसाद रेग्मीको खेतमा काम गरे डिलमा बस्ने क्रममा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
बिहान भएको उत्त घटनामा घाईते रेग्मीलाई खेतबाट घर तर्फ ल्याउदै गर्दा बाटोमा नै ज्यान गएको कार्यालयले जनाएको छ ।
डिलबाट लडेर घाईते भएका उनलाई स्थानियले उद्वार गरी घर तर्फ ल्याउदै गरेको अस्थामा ज्यान गएको हो ।




















