गोरखा । गोरखामा सर्वोच्च अदालतले संसद पुनःर्स्थापना गरेको बिरोधमा एमालेका भातृसंगठनहरुले आज सदरमुकाममा बिरोध प्रर्दशन गरेका छन् ।
संसद पुनःस्थापना गरि सर्वोच्चले शेरबहादुर देउवालाई २ दिनभित्रमा प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको बिरोधमा बिरोध एमालेका भातृ संगठनहरुले सडकमा उत्रियर प्रर्दशन गरेका हुन ।
अनेरास्वबियु, युवा संघ लगायतका एमाले भाृतसंगठनहरुले संयुक्त रुपमा आयोजना गरेको प्रर्दशनमा अदालतको निर्णयले लोकतन्त्र र संबिधान माथि हस्तक्षेप भएको भन्दै प्रधानन्यायधिस चोलेन्द्रसमशेर राणा बिरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।
गोरखा नगरपालिका ८ को चाइनिज धारामा रहेको पार्टी कार्यालयबाट निकालिएको बिरोध ¥याली पेट्रोलपम्प, आर्युबेद चोक हुदै हरमाटारीमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै एमाले जिल्ला सचिव कृष्ण नेपालीले सर्वोच्चको निर्णयले नेपालको लोकतान्त्रिक संबिधान माथि कुठाराघात भएको आरोप समेत लगाए ।





















