काठमाण्डौं – अन्य दलहरुले प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्न नसके पछि पुनः केपी शर्मा ओली नै प्रधानमन्त्री भएका छन् ।
उनको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ः०० बजे हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजै राति उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छन् ।
पदमुक्त भएको ३ दिनपछि नै एमाले अध्यक्ष ओली फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।





















