पोखरा – पोखरामा क्रियाशील युवा पत्रकार गणेश पौडेलको निधन भएको छ ।
पौडेलको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ५ः३० बजे निधन भएको अस्पतालले पुष्टी गरेको हो ।
पोखरा महानगरपालिका ३३, बागमारा निवासी ४० वर्षीय पौडेल साता दिन अघि कोरोना संक्रमित भएर गण्डकी मेडिकल कलेजमा भर्ना भनएका थिए ।
गण्डकी टेलिभिजनमा प्रवन्धकको रुपमा कार्यरत पौडेल नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्यसमेत हुन् । उनको २ छोरा र श्रीमती रहेका छन् ।
यसैबीच नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखाले पत्रकार पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ ।
महासंघकाले पौडेलको निधनप्रति दुःख प्रटक गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
साथै पौडेलको निधनप्रति पत्रकार तथा विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत दुःख प्रकट गरेका छन् ।




















