एजेन्सी – दक्षिण कोरियाले आफूलै परिक्षण गर्न मिल्ने गरी कोरोना सङ्क्रमण भए नभएको थाहा पाउने किट निर्माण गरेको छ ।
किट त्यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।
उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गर्न सकिन्छ । उत्त किटले १५ मिनेटमै कोरोना संक्रमण भए नभएको पत्ता लगाउन सकिन्छ ।
दक्षिण कोरीयामा उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वान अर्थात झण्डै १ हजार नेपाली रुपैयाँ पदर्छ । कोरियामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप थप बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउन उक्त नीति अवलम्बन गरेको बताइएको छ ।




















