पोखरा – गण्डकी प्रदेशको मुख्य मन्त्रीमा पुनःपृथ्वीसुब्बा गुरुङ नै मुख्य मन्त्री बनेका छन् । उनले आज आफ्नै निवासमा सपथ समेत लिएका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को ३ बमोजिम गुरुङलाई दाेस्राे पटक मुख्य मन्त्रीमा नियुत्त गरी सपथ खुवाएकी हुन् ।
मुख्य मन्त्री निवास वरपर अहिले प्रहरीले कडा सुरक्षा ब्यवस्था मिलाएको छ । कोरोना संक्रमित भएका गुरुङको सपथमा पत्रकारहरुलाई समेत निषेध गरिएको थियो ।
गठबन्धनबाट नेपाली काँग्रेसका कृण्णचन्द्र नेपालीलाई मुख्य मन्त्री नियुत्त गर्न ४ दलले हस्ताक्षर गरेर निवेदन बुझाएको भएता पनि बहुमत साँसदहरुको हस्ताक्षर नभएका कारण गुरुङलाई सपथ खुवाईएको हो ।
तर मुख्य मन्त्री गुरुङले एक महिना भित्र विश्वासको मत लिनुपर्ने ब्यवस्था भएको कारण त्यो भने असहज देखिएको छ ।




















