साँकेतिक तस्बिर
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमण भएका मध्ये आज एकै दिनमा २२५ जनाका मृत्यु भएको छ । साथै आजै ९ हजार ४८३ जनामा संक्रमण देखिएको छ ।
महामारीको रुपमा फैलिएको संक्रमणबाट पछिल्लो २४ घण्टामा २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो अहिले सम्मकै उच्च मृत्यु दर हो । साथै मङ्गबालर नै २० हजार ५९६ जनाको पिसिआर र ७२० जनाको एन्टिजेन परिक्षण गर्दा थप ९ हजार ४८३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।
हिजो मात्रै देश भर १३९ जनाको मृत्यु भएको थियो भने ९ हजार २७१ जनामा संक्रमण पुष्टी भएको थियो । संक्रमणले माहामारीको रुप लिई सकेको भन्दै मन्त्रालयले सबैलाई घरमा नै सुरक्षित रहन भनेको छ ।





















