काठमाण्डौं – भेन्टिलेटर र अक्सिजनसहितका स्वास्थ्य सामाग्री लिएर बेइजिङबाट उडेको नेपाल एयरलाइन्सको विमान काठमाण्डौं आइपुगेको छ ।
निगमको ए३३० कलसाइनको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
जहाजले २० हजार थानमध्ये ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटरसहित ३० टन स्वास्थ्य सामाग्री लिएर काठमाण्डौं आइपुगेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए ।




















