काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा एकै दिनमा १३९ जनाको मृत्यु भएको छ । यो अहिले सम्मकै उच्च मृत्यु संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको सूचना बमोजिम देशको विभिन्न अस्पतालहरुमा संक्रमणका कारण मर्नेहरुको संख्या १३९ भएको पुष्टी गरेको हो । पछिल्लो २४ घण्टामा १७ हजार ६२३ पिसिआर र ७८८ एन्टिजेन परिक्षण गर्दा ९ हजार २७१ जनामा संक्रमण देखिएको छ ।
यो संगै नेपालमा संक्रमितहरुको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको मन्त्रालयले जनाएको छ ।





















