काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत मागेका छन् । उनले संसद्मा सम्बोधनपछि विश्वासको मत मागेका छन् ।
उनले आफूमाथि विश्वासको मत प्राप्त हुने पनि बताएका छन् संकटको अवस्थामा पनि सरकारले नागरिकको हितका लागि नै काम गरेको भन्दै प्रधानमन्त्री ओलीले आफूमाथि विश्वास नगर्नुपर्ने कुनै कारण नरहेको दावी गरे ।
सरकार सञ्चालनका क्रममा केही भनाभन भएपछि आजका लागि विश्वासको मत दिन सबै दलसँग ओलीले आग्रह गरेका छन् ।
उनले भने, ‘सत्ता सञ्चालनका क्रममा केही भनाभन भए । मैले पनि अलिअलि भने होला । तर, आज म विश्वासको मत माग्न चाहान्छु । मलाई विश्वास छ । राजनीतिक स्थायित्व र विकास चाहनेले मलाई विश्वास गर्नुहुनेछ ।’
उनले सदनमा आफूमाथि विश्वास रहेको पुष्टि हुने दावी गरे । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ५२ को उपनियम २ बमोजिम विश्वासको मतको प्रस्ताव राखेका छन् ।




















