गोरखा – जिल्लाको धार्चे गाउँपालिकाको सिरानगाउँमा आलु भण्डार केन्द्रको निर्माण सम्पन्न भएको छ ।
धार्चे गाउँपालिका ७ को सिरानगाउँमा १९ लाख रुपैया खर्चेर आलु भण्डारण केन्द्रको निर्माण गरिएको हो ।
त्यसै क्षेत्रमा उत्पादन भएका आलुको बिउ लामो समयसम्म सुरक्षित राख्न नसकिएको भन्दै भण्डारण केन्द्रको निर्माण गरिएको नमुना कृषक समुहका अध्यक्ष सुर्य गुरुङले बताए ।
स्वाँरा सघन गाउँ बिकास केन्द्रले सिआरएससंगको साझेदारीमा भण्डारण केन्द्रको निर्माण गरिएको हो । भण्डारण केन्द्र निर्माणका लागि स्वाँरा सघनसंग कृषि समुहले समन्वय गरेको थियो । उत्त केन्द्रमा १३ टन सम्म आलु भण्डारण गर्न सक्ने क्षमता रहेको छ ।
भण्डारण केन्द्रको निर्माण संगै स्थानियले खुशी समेत मनाएका छन् । केन्द्र स्थापना हुनु भन्दा पहिला घरमा नै बिऊ राख्दा तापक्रम नमिल्ने, छिटो उम्रने, बिउ चाउरी पर्ने जस्ता समस्याबाट किसान हैरान हुने गरेका थिए। यो क्षेत्र आलु उत्पादनका हिसावले उत्कृष्ट क्षेत्र मानिदै आएको छ ।
करिब २ सय घर धुरी रहेको सिरानगाँउ क्षेत्रमा प्रत्येक परिवारले कम्तिमा ३ मुरी आलु उत्पादन गर्दै आएका छन् । भण्डारण केन्द्रको गोरखा क्षेत्र नम्बर १ का संघिय सांसद हरिराज आधिकारीको उद्घाटन गरेका हुन् ।


