गोरखा – स्वास्थ्य कार्यालय गोरखाका ल्याब टेक्निसियन नारायण अर्याल जनसेवाश्री पद्वम श्रेणीद्वारा सम्मानीत भएका छन् ।
कोरोना कहरमा अहोरात्र खटिएको भन्दै अर्याललाई आज राष्ट्रपती भवनमा जनसेवाश्री पद्वम श्रेणीद्वारा सम्मानीत गरिएको हो । उनलाई बुधबार राष्ट्रपती बिद्यादेवी भण्डारीले प्रमाण पत्र र पदक दिएर सम्मान गरेकी थिईन् ।
‘नेपाल राष्ट्रको गौरव तथा नेपाली जनताको हित अभिबृद्विमा तपाईबाट भएको उल्लेखनीय योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मानस्वरुप जनसेवाश्री पद्वम श्रेणीद्वारा विभूषित गरिएको छ’ सम्मान पत्रमा भनिएको छ ।
अर्यालले गएको चैत्र ११ पछी जिल्लामा कोरोना कहरका बिचमा पनि अहोरात्र खटिएर स्वाब संकलनमा सक्रियता दे
एका थिए ।




















